

गौशाला पुगेर नेता पौडेलले लिए क्रियाशील सदस्यता छानविनको जानकारी

काठमाडौं – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील छानविन समितिले गरिरहेको कामका बारेमा जानकारी लिएका छन् ।
क्रियाशील सदस्यता छानविन समिति कार्यस्थल गौशालास्थित धर्मशाला भवनमा पुगेर पौडेलले छानबिन समितिका सदस्यसँग जानकारी लिएका हुन् ।
छानबिन समितिका संयोजक रमेश लेखक, सदस्यहरु आनन्द ढुंगाना , श्याम घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ र योगेन्द्र चौधरीसँग छानबिनको प्रगतिबारे जानकारी लिएका थिए ।
भेटमा पौडेलले क्रियाशील सदस्यता छानविन समितिले गरेको काम प्रशंसनीय भएको भन्दै समयमा नै टुंगो लगाउन निर्देशन दिए । क्रियाशील छानविन समितिका प्रवक्ता प्रदीप पौडेलका अनुसार वरिष्ठ नेता पौडेलले तोकिएको समयमा पार्टीको १४ औं महाधिवेशन गराउन जिम्मा क्रियाशील सदस्यता छानविन समितिको काँधमा रहेको समेत बताएका थिए ।

