

भीमकुल बचत तथा ऋण सहकारी कार्यालयबाट ३२ लाख चोरी

काठमाडौं – भीमसेन थापागाउँपालिका-७ बोर्लाङ्गस्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट गए राति करिब ३२ लाख रुपैयाँ नगद चोरी भएको छ।
मध्यरातमा सरकारी कार्यालयको च्यानल गेट फुटाएर भित्रपसी नगद चोरी भएको सहकारीका सञ्चालक समिति सदस्य बुद्धि श्रेष्ठले जानकारी दिए।
सहकारीमा कारोबार भएको रकम करिब ५२ लाखमध्ये ३२ लाख रुपैयाँ चोरी भएको उनले बताए। ‘भीमकुल बचत तथा ऋण सहकारी संस्था जिल्लाकै उत्कृष्ट सहकारी होु, उनले भने, ‘यहाँ दैनिक २० देखि ३० लाख रुपैयाँ कारोबार हुन्छ।’ असार मसान्त भएकाले कारोवार अझ बढी भएको उनको भनाइ छ।

