अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालन


कावासोती– बाढीले सडक भत्काएपछि विहीबार बिहानदेखि अवरुद्ध बुटवल– नारायणगढखण्ड शुक्रबार बेलुकाबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

बाढीले राजमागको ह्यूमपाइपसमेत बगाएर फाउण्डेन नै भत्काएपछि विहीबार विहान ८ बजेदेखि बुटवल– नारायणघाटखण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

बाढीले कालोपत्रेबाहेक सडकभित्रको ह्यूमपाइपसहित फाउण्डेशन भत्काएर सुरुङ बनाएको थियो । बुटवल नारायणघाट सडक स्तरउन्नतिको ठेक्का पाएको चिनियाँ कम्पनीले बाटो मर्मत गर्न ढिलाइ गर्दा दुई दिनसम्म सवारी साधनहरु सडकमै अलपत्र परेका थिए ।

साना सवारी साधनहरु भने कावासोतीबाट दक्षिणतर्फ पिठौली हुँदै उत्तरतर्फ रिठ्ठेपानी भएर झण्डै १० किलोमिटर भित्रीबाटोबाट लोकाहा निस्किएका थिए ।

भत्किएको सडकमा ह्यूपपाइप राखी माटो भरेर शुक्रबार बेलुका ७ बजेपछि एकतर्फी रुपमा सूचारु गरिएको हो । एकतर्फी बाटो खुलेसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

 

 

प्रतिक्रिया