

ह्याम्सको अपराधः विदेश जानेलाई पिसिआर नक्कली रिपोर्ट महँगो मूल्यमा बेचेको तथ्य खुल्यो

काठमाडौं– काठमाडौं मण्डिखाटारमा रहेको ह्याम्स अस्पतालको अर्को डरलाग्दो आपराधिक कामबारे कारबाहीका लागि पत्राचार गरिएको तथ्य खुलेको छ।
ह्याम्ससँगै अन्य केही नीजि अस्पताल र ल्याबविरुद्ध पनि छानबिनका लागि पत्राचार भएका छन्।
ह्याम्स, स्टार अस्पताललगायतलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले कोभिड १९ संकट ब्यवस्थापन केन्द्र र स्वास्थ्य मन्त्रालयलाई पत्र काटेको छ।
नक्कली रिपोर्ट लिएर गएका यात्रुहरु हङकङ्ग र युएई पुगेपछि यी अस्पतालको रिपोर्टमाथि पर्यटन मन्त्रालयले छानबिन थाल्न पत्राचार गरेको थियो। मोटो रकम असुलेर पोजिटिभलाई पनि नेगेटिभ देखाएर ह्याम्सलगायतले अपराध गरेका हुन्।
सुरिया हेल्थ केयर, सेन्ट्रल डाइनोष्टिक ल्यावोटरीलाई पनि कारबाहीका लागि सिफारिस गरिएको छ। स्वास्थ्य सामग्री महँगो शुल्कमा बेचेको भनेर वाणिज्य विभागले पनि ह्याम्सलगायतलाई कारबाहीको निगरानीमा राखेको छ।
नेपाल एयरलाइन्सका हङकङ्ग, युएईसहितका केही देशहरुमा उडान प्रतिबन्धमा परेका छन्। यीनमा ह्याम्सलगायतले नै रिपोर्ट दिएका यात्रु थिए। स्वाब नै संकलन नगरी यसरी नक्कली रिपोर्ट चलाएका थिए।


