सहकुल थापाको पदस्थापनसहित चार एआईजी सरुवाको तयारी, कसलाई कहाँ?


काठमाडौं– हालै प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवा गरिएको सहकुल थापालाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिने भएको छ। थापाको पदस्थापनसँगै अन्य तीन एआईजीको सरुवाको तयारी भएको छ।

मन्त्रिपरिषदको बैठकले सरुवा गर्नेछ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पाललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा पठाउन लागिएको छ। उनी ७ महिना अघि मात्र रानीपोखरीमा आएका थिए।

यस्तै, महानगरीय प्रहरी कार्यालयमा निरजबहादुर शाही पठाउने तयारी भएको छ। मानव श्रोत तथा प्रशासन विभागमा एआईजी विश्वराज पोखरेल र कार्य विभागमा प्रधुम्न कार्कीलाई सरुवा गर्न प्रस्ताव गरिएको छ।

एक एआईजी थपेसँगै पदस्थापनका क्रममा सरुवा हुँदै आएको छ। एआईजीमा पोखरेलको बढुवा भएपछि पनि अन्य तीन जनाको सरुवा गरिएको थियो।

प्रतिक्रिया