

के फातिमा सना आमिर खानकी आगामी टार्गेट हुन्?

काठमाडौं– पत्नी किरण रावसँगको डिभोर्सपछि बलिउड अभिनेता आमिर खानको नाम फातिमा सना शेखसँग जोडेर चर्चा भएको छ। आमिर र किरणको डिभोर्सको घोषणा हुनासाथ फातिमा ट्वीटरलगायतमा टे«न्डिङमा आइन्।
आमिरका कतिपय भारतीय फ्यानहरुले अब उनको आगामी टार्गेट फातिमा नै रहेको पनि दाबी गरेका छन्। यद्यपि उनीहरुबीचको खास सम्बन्ध निकटताका विषयमा आधिकारिक रुपमा केही पनि खुलेको छैन।
फातिमा आमिरसँग दंगलमा देखा परेकी थिइन्। यस्तै ठग्स अफ हिन्दुस्तानमा पनि उनकी सहअभिनेत्रीका रुपमा फातिमाको अभिनय थियो।

