क्यानडा पठाईदिन्छु भन्दै डेढ करोड बढी ठग्ने २१ वर्षीय युवक पक्राउ


काठमाडौं – क्यानडा पठाई दिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काभ्रे पाँच खाल घर भई हाल काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका २१ वर्षीय प्रजिन अधिकारीलाई ठूलो रकम ठगीको अभियोगमा पक्राउ गरेको हो ।

अधिकारीले वर्किङ भिसामा क्यानाडा पठाएर राम्रो कम्पनीमा काम लगाई दिन्छु भन्दै सर्लाही लालबन्दीकी यमुना बस्नेतसँग १७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भई फरार भएका थिए ।

महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार अधिकारीलाई प्रहरीले काभ्रेको बनेपास्थित दाहालगाउँबाट असार १७ गते पक्राउ गरेको हो । प्रहरीको अनुसन्धानबाट अधिकारीले यमुना बस्नेतसँग मात्र नभएर अन्य व्यक्तिहरूलाई समेत ठगी गरेको खुलेको छ ।

उनले हालसम्म एक करोड ५० लाखभन्दा बढी रकम ठगी गरेको प्रहरीको भनाइ छ । अधिकारीहरू थप अनुसन्धानका लागि महानगरीय परिसर काठमाडौं पठाएको छ ।

प्रहरीले अधिकारीबाट ठगिएका अन्य पीडितहरू भए महाशाखामा सम्पर्क गर्न आग्रह समेत गरेको छ ।

प्रतिक्रिया