अक्षय कुमार र कट्रिना फ्यानलाई खुशीकाे खबर, ‘सुर्यवंशी’मा देखिँदैछन् एकसाथ


काठमाडौं -अभिनेता अक्षय कुमार र कट्रिना कैफ कयौं फिल्ममा जोडीको रुपमा प्रस्तुत भएका छन् । दुवैले ‘वेलकम’, ‘नमस्ते लण्डन’ र ‘सिंह इज किंग’ जस्ता सफल फिल्ममा आफुलाई हिट जोडी साबित गरेका छन् । धेरैलाई थाहा नहुन पनि सक्छ । एक समय कट्रिना अक्षय कुमारलाई राखी बान्ध समेत चाहन्थिन् ।

जसको खुलासा कट्रिना आफैंले २०१६ को ‘कफी विद करण– शो मार्फत सार्वजनिक गरेकी थिइन् । ‘तीस मार खान’ र ‘शीला की जवानी’ को सुटिङको दौरानमा अक्षय कुमारलाई राखी बाध्न चाहेको र उनले हुन्न भनेपछि अर्जुन कपुरलाई राखी भाइ बनाउन चाहेको खुलासा गरेकी थिइन् ।

‘मसँग राखी कोही बान्ध चाहादैन थिए’ उनले कार्यक्रममा अगाडि भनिन्– ‘म एक यस्तो ब्यक्तिको खोजिमा थिए । जसलाई म सम्मानका साथ एक राम्रो साथी मान्दछु । मैले यसमा केही गलत सम्झिएको थिइन । मैले अक्षय कुमारलाई भने– ‘म तपाईलाई राखी बाँध्न सक्छु ? जवाफमा अक्षयले भने, कट्रिना तिमीलाई थप्पड खान मन लागेको छ ? ।

अक्षयकुमारपछि आफसले अर्जुन कपुरलाई राखी बाध्न चाहको र उनी पनि आफुबाट भागेको कट्रिनाले सुनाएकी थिइन् । अक्षय र कट्रिना छिट्टै रोहित शेट्टीको फिल्म ‘सुर्यवंशी’ मा एक रोमान्टिक जोडीको रुपमा देखिँदैछन् । फिल्ममा अक्षय र कट्रिनाको अलवा रणवीर सिंह र अजय देवगनको समेत मुख्य भूमिका रहेको छ । यो फिल्म रिलिजका लागि केही अगाडि नै तयार थियो । कोरोनाको कारण रिलिज अनिश्चित बनेको छ ।

प्रतिक्रिया