

एनआईसी एशिया बैंकको एटिएम तोडफोड

काठमाडौं – एनआईसी एशिया बैंकको एटिम तोडफोड गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी दुबही नगरपालिका–९ घर भएका २४ वर्षीय मो. ईस्तियाज रहेका छन्।
ईस्तियाजले मोरङको बुढीगंगा गाउँपालिका–३ टंकी चोकस्थित बैंकको एटिएम तोडफोड गरेको प्रहरीले जनाएको छ। सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरलिे उनलाई एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ परेका ईस्तियाजको साथबाट एक थान ताल फोड्न प्रयोग गरिएको हथौडा, १ थान पेचकस, १ थान छिनो र को ३९ प ४८६४ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ।

