

‘विपक्षीलाई प्रधानमन्त्री बनाउँदै हिँड्न पाइन्छ?’

काठमाडौं – महान्यायाधीवक्ता रमेश बडालले दलभित्रको निर्वाचन हारेर आफैँ सरकार चलाउँछु भन्न नपाइने बताएका छन्।
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वौच्चको संवैधानिक इजलासमा बहस शुरु गर्दै बडालले चुनाव लड्न दल चाहिने, अनि जितेर आएपछि विपक्षीलाई प्रधानमन्त्री बनाउँदै हिँड्न पाइन्छ? भन्दै प्रश्न गरे।
‘चुनाव लड्न दल चाहिने, अनि जितेर आएपछि विपक्षीलाई प्रधानमन्त्री बनाउँदै हिँड्न पाइन्छ? दलभित्रको चुनाव हार्ने अनि मै शासन चलाउछु भन्न पाइन्छ?’ महान्याधीवक्ता बडालले भने।
विश्वासको मत लिन संसदमै जाने हो भन्ने तर्क पञ्चायतको संविधान जस्तो जिकिर गर्दै बडालले नेपालको संविधान २०१९ को राष्ट्रिय पञ्चायत चुनावको व्यवस्थासँग मिल्दोजुल्दो रहेको बताए।
‘त्यसमा तीन जनाले नाम दिने र राजाले जसलाई मनोनीत गर्छ त्यही प्रधानमन्त्री हुने व्यवस्था छ । अन्तरिम संविधानमा जस्तो अहिले माग गरेर हुँदैन,’ उनले भने।
आजबाट शुरु भएको सरकारी पक्षको बहसका लागि १५ घण्टाको समय दिइएको छ।

