

पूर्वमन्त्री आलेद्वारा ५० हजार उपचार सहयोग

काठमाडौं – पूर्ववन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीका समाजसेवी तथा स्थानीय डिल्लीराज जोशीको उपचारका लागि रु ५० हजार आर्थिक सहयोग गरेका छन्।
कोराना सङ्क्रमण भएपछि मेडिसिटी अन्तर्राष्ट्रिय अस्पताल ललितपुरमा उपचार गराई रहेका जोशीको थप उपचारका लागि उनले सो रकम प्रदान गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए।
आले आज अस्पतालमा पुगेर जोशीका छोरी हिमान्सुलाई आर्थिक सहयोग प्रदान गरेका हुन्।
कोरोना सङ्क्रमणबाट जोशीको अवस्था गम्भीर भएपछि धनगढीबाट हेलिकप्टरमा यहाँ ल्याइएको हो । जोशीको स्वास्थ्य अवस्थामा केही सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

