आप्रवासीका बारेमा  समान धारणा व्यक्त गर्न युरोपेली देशका सदस्यहरुलाई राष्ट्रसंघका महासचिव गुटरेसको आग्रह


ब्रसेल्स – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आप्रवासीका बारेमा समान धारणा निर्माण गरेर अघि बढ्न युरोपेली युनियनका सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् । राष्ट्रसंघका महासचिव गुटर्रेसले बिहीबार युरोपेली संसदको एक अधिवेशनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

उनले आप्रवासीका समस्याहरुका बारेमा पनि युरोपेली देशका प्राय सबै सदस्य राष्ट्रहरुले समाधान धारणा बनाउन र ती समस्याको समाधानका लागि संयुक्त रुपमा लाग्न सो आग्रह गर्नुभएको हो । उनको सो सम्बोधनका क्रममा भनेका थिए– मलाई लाग्दछ कि आगामी दिनमा युरोपका राष्ट्रहरुले आप्रवासीका विषयमा आवश्यक पर्ने नीति निर्माण गर्न र यहाँका यस क्षेत्रका समस्या समाधान गर्नका लागि पनि एकताबद्ध भएर लाग्नुपर्दछ ।

यस क्षेत्रमा आप्रवासीहरुका विषयमा धेरै समस्या रहेकाले ती समस्याहरुलाई कुनै एउटा मात्र देशले समाधान गर्न नसक्ने भएकाले आवश्यक नीति निर्माण गरेर अघि बढ्न उनले आग्रह गरेका हुन् ।

उनले आफूले पोर्चुगलको प्रधानमन्त्री एवं संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्तको रुपमा गरेको कामको अनुभवबाट यो सुझाव पेश गरेको पनि महासचिव एन्टोनियो गुटर्रेसले त्यस अवसरमा भनेका थिए ।

प्रतिक्रिया