नदीमा हामफालेर आत्महत्या गर्न खोज्ने महिलाको सकुशल उद्दार


बर्दिया – बर्दिया जिल्लाको गुलरिया नगरपालिका ८ स्थित भादा नदीमा हाम फालेर आत्महत्या गर्न लागेकी एक महिलाको प्रहरीले सकुशल उद्दार गरेको छ ।

बिहीबार दिउँसो ४ः३० बजे भादा नदिमा महिलाले हामफालेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले ४० वर्षीया जलदैया थारुलाई सकुशल उद्दार गरेको हो ।

प्रहरीले बग्दै गरेको अवस्थामा उनको सकुशल उद्दार बर्दिया जिल्ला अस्पताल गुलरियामा उपचार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताए ।

थारु भारतको बहराईच थाना मोतिपुर ग्राम बलैगाउँकी स्थानीय बासिन्दा भएको प्रहरीले जनाएको छ । उनलाई उपचारपछि श्रीमान मिश्रिराम थारुको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया