चीनको मार्सल आर्ट्स् विद्यालयमा आगलागी, १८ जनाको गयो ज्यान


काठमाडौं – चीनको मार्सल आर्ट्स् विद्यालयमा आगलागी हुँदा १८ जनाको ज्यान गएको छ । यस्तै आगलागीमा परि १६ जना घाइते भएका छन् । हेनान प्रान्तको झेचेंग काउन्टीमा बिहान आगलागी भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

ज्यान गुमाउनेमा धेरैजसो ७ देखि १६ वर्षका रहेका छन् । आगलागी भएका बेला विद्यालयमा ३४ जना विद्यार्थी थिए । आगो लाग्नुको कारण खुलेको छैन । आगो नियन्त्रणमा आइसकेको छ । प्रहरीले विद्यालयका सञ्चालकलाई पक्राउ गरेको छ। एजेन्सी

प्रतिक्रिया