सेतीमा शव फेला, सकिएन निकाल्न


डोटी – डोटीको शिखर नगरपालिका–६ अणिउलस्थित सेती नदीमा हिजाे दिउँसो भेटिएको शव अझै निकाल्न सकिएको छैन ।

सेती नदीमा पानीको बहाब बढी भएका कारण शव निकाल्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए ।

नदीको बीच भागमा शव भएकाले महिला वा पुरुष कसको हो भन्ने छुट्टयाउन पनि नसकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया