राष्ट्रिय अनुसन्धानका एसएसपी र एसपीमा बढुवा


काठमाडौं – राष्ट्रिय अनुसन्धान विभागले एसएसपी र एसपीमा बढुवा गरेको छ ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले २ जना एसपीलाई एसएसपी र ९ जना डीएसपीलाई एसपीमा बढुवा गरेको हो ।

एसपीबाट एसएसपी बढुवा हुनेमा राजन उप्रेती र नवीन भट्टराई रहेका छन् ।

त्यसैगरी डीएसपीबाट एसपी बढुवा हुनेमा प्रकाश आचार्य, राजन प्रजापति, सन्तोष ढुंगेल, कुलचन्द्र नेपाल, मनोज ढकाल, चन्दन झालगायत रहेको विभाग स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया