सुरक्षा निकायका प्रमुखसहित शीतलनिवासमा राष्ट्रपति र गृहमन्त्रीबीच भेटवार्ता


काठमाडौं – गृहसचिव र सुरक्षा निकायका प्रमुखसहित शीतलनिवास पुगेका गृहमन्त्री खगराज अधिकारी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर फर्किएका छन्।

शुक्रबार दिउँसो अन्दाजी १ बजेतिर गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसहित गृहमन्त्री अधिकारी शीतल निवास पुगेका थिए।

राष्ट्रपति भण्डारीले गृहमन्त्री अधिकारीसहित तीनवटै सुरक्षा निकायका प्रमुखसँग चार घण्टा लामो छलफल गरेकी थिइन्। विपद्को विषयमा जानकारी लिनका लागि राष्ट्रपति भण्डारीले उनीहरुलाई बोलाएको बताइएको छ।

भेटमा गृहमन्त्री अधिकारी, गृहसचिव न्यौपाने, नेपाल प्रहरी महानिरीक्षक थापा, सशस्त्र प्रहरी महानिरीक्षक खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अधिकारीले विपद्को विषयमा राष्ट्रपतिलाई जानकारी गराएका थिए।

प्रतिक्रिया