एमाले विभाजनको प्रयास सफल हुँदैन : नेम्वाङ


काठमाडौं – एमाले एकताको लागी पार्टीका दोस्रो तहका नेताहरूले प्रयास जारी राखेका छन् । एमालेको एकता कायम गर्ने प्रयासमा लामो समयदेखि अनौपचारिक र औपचारिक वार्तामा रहेका दोस्रो तहका नेताहरूबीच शुक्रबार पनि छलफल भएको हो ।

ललितपुरको समिट होटलमा भएको वार्तामा २०७५ जेठ २ को अवस्थाबाटै पार्टीलाई एकतावद्ध बनाउने र नेकपाबाट एमाले बनेका पूर्वमाओवादी नेता कार्यकर्तालाई समेत समायोजन गर्दै बलियो एमालेको पक्षमा उभिने सहमति भएको वार्तामा सहभागी नेताहरूले बताएका छन् ।

वार्तामा संस्थापन पक्षबाट सुवास नेम्वाङ र विष्णु पौडेल थिए भने माधव नेपाल(झलनाथ खनाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी रहेको एक नेताले बतथाए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ २ कै अवस्थाबाट पार्टीलाई अघि बढाउने यसअघि नै आह्वान गरिसकेकाले यसमा अरु सर्त र आशंकाको अर्थ नरहेको यसअघि गठित वार्ता टोलीको संयोजक समेत रहेका नेम्वाङले बताए ।  नेम्वाङले एमाले विभाजनको प्रयास सफल नहुने र केही दिनमै पार्टीको संयुक्त बैठक बस्ने समेत बताए ।

 

प्रतिक्रिया