

नेपाल टेलिकमको चाडबाड अफर

काठमाडौं – नेपाल टेलिकमले चाडबाडको अवसरमा थप छुट र नया“ अफर उपलब्ध गराउने भएको छ ।
विहीबार टेलिकमले सेवाग्राहीलाई फेस्टिभल अफरका रुपमा दसैँको अवसरमा उपलब्ध गराएका केही छुटलाई तिहारको अवसरमा समेत निरन्तरता दिँदै २८ कात्तिक काग तिहारदेखि ५ मंसिर ०७७ छठ पर्वसम्म र अटम अफरका प्याकेजहरु कात्तिक २८ गतेबाटै उपलब्ध गराउने भएको हो ।
टेलिकमका अनुसार फेस्टिभल अफरका रुपमा जीएसएम/सीडीएमए मोबाइलको व्यालेन्स टप अप गर्दा रिचार्ज कार्डबाट ५० रुपैयाँ रिचार्ज वा एमपोसबाट २० देखि ५० रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिनका लागि ५ मिनेट, १०० रुपैयाँको रिचार्ज कार्डबाट वा एमपोसबाट ५१ देखि १०० रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिनका लागि १० मिनेट,२०० रुपैयाँको रिचार्ज कार्डबाट वा एमपोसबाट १०१ देखि २०० रुपैयाFसम्म रिचार्ज गर्दा सोही दिनका लागि २० मिनेट, एमपोसबाट २०१ देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिनका लागि ३० मिनेट, ५०० रुपैयाँको रिचार्ज कार्डबाट वा एमपोसबाट ५०० देखि ९९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट, रिचार्ज कार्डबाट १ हजार वा एमपोसबाट १ हजार वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनका लागि १०० मिनेट वोनस उपलब्ध हुनेछ ।
अटम अफरको थप सुविधामा कम्पनीले ७ दिनसम्म प्रयोग गर्न सकिने गरी प्रतिदिन १ सय मिनेट र २८ दिनका लागि प्रतिदिन १ सय मिनेट चलाउन मिल्ने छुट्टाछुट्टै इको भ्वाइस प्याक , भ्वाइस र डाटा प्याक दुवै सुविधा समेत लिन सकिने नयाँ इको डाटा प्याक विथ भ्वाइस र सबै किसिमका डाटाका साथै फेसबुक र युट्युब चलाउन मिल्नेगरी लार्ज सोसियल मिडिया प्याक उपलब्ध गराउने भएको छ । यसरी उपलब्ध डाटामध्ये अल डाटाबाट २४सै घण्टा जुनसुकै एप चलाउन र प्रत्येक दिन प्राप्त हुने १ जीबी डाटाले युट्युब र फेसबुक चलाउन सकिने छ ।
युट्युब र फेसबुकसम्बन्धी सबै डाटा जुनुसुकै समयमा र जुनसुकै नेटवर्कमा प्रयोग गर्न सकिने टेलिकमले विज्ञप्तिमा उल्लेख गरेको छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले ८१४१५३ डायल वा ‘नेपाल टेलिकम एप’ तथा कम्पनीको वेबसाइटमार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन तथा सेवा खरिद गर्न सकिने कम्पनिले जनाएको छ ।

