

कामना बैंकको वार्षिकोत्सव डिजिटल प्रविधिबाट सम्पन्न

काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १४ औ“ वार्षिकोत्सव डिजिटल प्रविधिबाट सम्पन्न गरेको छ ।
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण कर्मचारी तथा ग्राहकहरुको सुरक्षाको मध्यनजर गर्दै डिजिटल प्रविधिमार्फत १३ वर्षको सुखद यात्रा पूरा गरेकोमा शुभकामना आदन प्रदान गरी विहीबार बैंकले १४औ“ वार्षिकोत्सव सम्पन्न गरेको हो ।
अध्यक्ष सुदिप आर्चायकोे अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ । बैंकको लामो यात्रामा महत्वपूर्ण सहयोग पु¥याउने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लि, सि. डि. एस. एन्ड क्ेिलयरिङ लि, बि. ओ. के क्यापिटल, कर्जा सुचना केन्द्र, पूर्व सञ्चालकहरु, कर्मचारी वर्ग, आम सञ्चार माध्यम, सहयोगी संघ संस्थाहरु तथा सम्पूर्ण शुभेच्छुकहरुप्रति शुभकामनाको क्रममा अध्यक्ष आचार्यले आभार प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ । आयोजकका अनुसार कार्यक्रममा सम्पूर्ण सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, नायव महाप्रबन्धक, क्षेत्रीय तथा विभागीय प्रमुखहरुले वार्षिक उत्सवकोे उपलक्ष्यमा शुभकामना आदन प्रदान गरेका छन् ।
शुभकामना आदन प्रदान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले कोभिड–१८ को कारण बैंक तथा वित्तीय संस्थाहरुमा पारेको प्रभाव र यस अवस्थामा बैंकले कर्मचारी तथा ग्राहकहरुको सुरक्षाको लागि अपनाएका विधि प्रक्रियाहरुको बारेमा प्रष्ट पारेको बैंकले जनाएको छ ।
सञ्चालक समिति, सम्पूर्ण कर्मचारी, शेयरधनीहरु, ग्राहकहरु, नियमनकारी निकाय लगायत अन्य सहयोगी संघ संस्थाहरु सबैमा हार्दिक बधाई तथा शुभकामना दि“दै अब्बल विकास बैंक बनाउ“दै अनवरत यात्रामा सदाझै“ सद्भाव र सहयोगी रहन विश्वास र अपेक्षा समेत गरेको प्रमुख कार्यकारी अधिकृत बस्नेतले बताएका छन् ।

