मेलम्चीमा भिषण बाढी-पहिरो :आसपासका बस्ती बगायो, रातीको समय भएकाले प्रहरी भन्छन्- उज्यालो नभइ केही गर्न सकिन्न


काठमाडौं – अविरल वर्षाका कारण मेलम्चीमा आएको भिषण बाढी र पहिरोले आसपासका बस्तिहरु बगाएको छ । मंगलबार बेलुका साढे ६ बजे मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटरमाथि हेलम्बु १ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको थियो । रातिको समय र विद्यूत सेवा पनि अवरुद्ध भएकाले क्षतिको आँकलन हुन सकेको छैन ।

बाढी र पहिरोले हेलम्बुको तिम्बु बजार सिंगै बगाएको छ । यसैगरी चनौते भन्ने बजार पनि डुबानमा परेको छ । कम्तिमा ७ जना स्थानीवासी वेपत्ता भएका छन् ।

मेलम्ची आयोजनाको सुरक्षार्थ रहेको सशस्त्र प्रहरी र चिनीयाको क्याम्प पनि डुबानमा परेका छन् । उज्यालो नभइकन केही गर्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

नदी छेउछाउमा रहेका टहरा र घरहरु सबै बगाएको छ । रातिको समय र बाढी प्रभावित क्षेत्रमा विद्युत सेवा पनि अवरुद्ध भएकाले उद्दार कार्य हुन सकेको छैन ।

नदी छेउछाउमा रहेका टहरा र घरहरु सबै बगाएको र मानिसहरु भागदौड गर्दै सुरक्षित स्थानमा गएका छन् । कही पक्की पुलहरु पनि बाढीले बगाएको छ ।

 

प्रतिक्रिया