यस्तो छ हेलम्बुमा गएको पहिरो र बाढीको रौद्ररुप (तस्बिरहरुमा)


काठमाडौं – सिन्धुपाल्चोक – विगत केही दिनदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बुमा ठूलो पहिरो गएको छ ।

मंगलबार दिउँसो वर्षा भइरहेकै बेला सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाको अम्बाथान क्षेत्रमा पहिरो गएको छ ।

अविरल वर्षाका कारण सोही पहिरोका कारण मेलम्चीमा आएको भिषण बाढी आएको र सो बाढीले मेलम्ची खानेपानी आयोजनाको ड्याम समेत फुटाएको जनाइएको छ ।

मंगलबार बेलुका साढे ६ बजे मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटरमाथि हेलम्बुको नाकोटे भन्ने ठाउँमा पहिरो गएको थियो । रातिको समय र विद्यूत सेवा पनि अवरुद्ध भएकाले क्षतिको आँकलन हुन सकेको छैन ।

बाढी र पहिरोले हेलम्बुको तिम्बु बजार बगाएको र चनौटे भन्ने बजार पनि डुबानमा परेको जनाइएको छ । कम्तिमा ७ जना स्थानीवासी वेपत्ता भएका छन् ।

मेलम्ची आयोजनाको सुरक्षार्थ रहेको सशस्त्र प्रहरी र चिनीयाँको क्याम्प पनि डुबानमा परेका छन् । त्यसका साथै सो क्षेत्रका ट्राउट माछा पालनस्थलहरु पनि बगाएको जनाइएको छ ।

No description available.

No description available.No description available.No description available.

 

प्रतिक्रिया