

३० अर्बमा खुम्चियो गण्डकीको बजेट, चालु आवभन्दा झण्डै ५ अर्ब कम (पूर्णपाठ)

पोखरा – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आवभन्दा झण्डै ५ अर्ब कम हो । चालु आवको बजेट ३४ अर्ब ८० करोड रुपैयाँ छ ।
प्रदेशको आन्तरिक स्रोत अपेक्षाकृत रुपमा बढ्न नसकेको, राजश्व बाँडफाँट र नेपाल सरकारबाट प्राप्त हुने अनुदानमा कमी आएकाले बजेटको आकार घटेको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।
मुख्यमन्त्री पोखरेलले मंगलबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ १३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ विनियोजन भएको छ । पुँजीगतर्फ १६ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ छ । वित्तीय व्यवस्थातर्फ २८ करोड रुपैयाँ अनुमान गरिएको छ ।
हेर्नुहोस् पूर्णपाठ:

