

पत्नी महिमाको ‘छुपारुस्तम प्रेम र अनैतिक सम्बन्ध’ माओवादी नेता पाण्डेय हत्याको कारण

काठमाडौं– करिब ५ बर्ष अघिदेखि कपिलबस्तुका माओवादी केन्द्रका जिल्ला सदस्य दीपक पाण्डेय को सम्बन्ध पत्नी महिमासँग गतिलो थिएन। जब उनलाई पत्नीको प्रेम छुपारुस्तम रुपमा अर्कैसँग चलिरहेको थियो भन्ने चाल पाए अनि सम्बन्ध बिग्रन थाल्यो। तर, पाण्डेले सम्बन्ध विच्छेद भने गरेका थिएनन्।
ठेकेदार समेत रहेका उनी परिवारमा भन्दा पनि काममा बढी अभ्यस्त हुन थाले। पत्नीसँगका सामान्य विवादलाई उनले घरयासी समस्याका रुपमा लिए। तर, उनलाई थाहा थिएन त्यहि पत्नीको प्रेम र सम्पत्तिसम्बन्धीको विवादले उनको हत्या योजना बनिरहेको छ।
पाण्डे पार्टीका कामसहित गिटी बालुवाको ठेक्काको काममा प्रायः बाहिर हुन्थे। तर महिमा भने सोही बेला ओमप्रकाश यादवसँग प्रेमरागमा मात्र थिइनन्, पाण्डेको हत्या योजना पनि बनाइरहेकी थिइन्।
प्रहरी अनुसन्धानले भन्छ,‘यो योजना तीन बर्षदेखि बनेको देखियो, परिणाम भने २५ दिन अघि मात्र दिइएको अनुसन्धानले खुलेको छ।’ पाण्डेपत्नी महिमाको प्रेम चक्करको बारेमा छिमेकमा हल्ला नचलेको होइन।
प्रहरी अनुसन्धानले भन्छ,‘बिगत ५ बर्षदेखि प्रकाश भन्ने ओम प्रकाश यादव र मृतकको पत्नी महिमा पाण्डेयबीच भएको अनैतिक सम्बन्ध थाहा पाए। यसपछि विवाद, मनमुटाव थियो।’
विवादपछि पनि यो सम्बन्ध रोकिएन। अनैतिक सम्बन्ध कायम रह्यो। अनैतिक सम्बन्धलाई बलियो बनाउने र नेता पाण्डेयसँग छुटकारा पाउने नियत राखी महिमाले ओमप्रकाश यादवलाई प्रयोग गरी पटक पटक हत्याको योजना बनाएकी थिइन्।
तीन बर्षअघि देखि नै बिभिन्न व्यक्तिहरुलाई प्रयोग गरी सुपारी (बैना) समेत लिइएको अनुसन्धानका क्रममा खुलेको छ। तर पाण्डेयमाथि गोली हान्न ५ जेठमा मात्र उक्त अभियुक्तहरुको समूह सफल भएको थियो।
घटना कसरी भयो? तलको हेडलाइनमा क्लिक गर्नुहोस्
‘माइक ह्विस्की’ अपरेशनः माओवादी नेताको हत्यामा श्रीमती नै मुख्य योजनाकार!

