शहीद स्मारक परिसरमा शहीद अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्नेः मुख्यमन्त्री पौडेल


मकवानपुर–हेटौँडा उपमहानगरपालिका–११ स्थित शहीद स्मारक परिसरमा जनजाति सङ्ग्रहालय निर्माण भइरहेको स्मारक विकास समितिले जनाएको छ । समितिका अनुसार सङ्ग्रहालयको निर्माण कार्य अन्तिम चरण पुगेको छ ।

मकवानपुरमा बसोबास गरिरहेका आदिवासी जनजातिको भेषभूषा, रितिरिवाज, धर्मसंस्कृती झल्किने र उनीहरुले प्रयोगमा ल्याइरहेको भाडाकुँडा र औजारहरु पनि उक्त सङ्ग्रहालयमा राखिने स्मारक विकास समितिका अध्यक्ष तथा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।

उनले  शहीद स्मारक परिसरमा शहीद अध्ययन अनुसन्धान केन्द्रको स्थापना गर्ने बताउँदै शहीदहरुको जीवनी र प्रजातान्त्रिक आन्दोलमा पु¥याएको योगदान बारे उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि छुट्टै डाटा केन्द्रको स्थापना भइसकेको जानकारी दिए ।

शहीदस्मारक परिसरभित्र एउटै ठूलो ढुङ्गामा कुदिएको १२ शहीदको आकृति झल्किने स्मारक एवम् छुट्टै चिडियाघरको पनि स्थापना गरिएको छ । साथै उक्त परिसरको उत्तरतर्फ निर्मित प्रजातान्त्रिक आन्दोलनका अगुवा विपी कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारीको शालिकको स्थापना गरिएको छ भने स्वर्गीय मदन भण्डारीको पनि शालिक स्थापना गरिएको स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर रानाले जानकारी दिए ।

पर्वतीय हिम श्रृङ्खलामा पर्यटक भित्र्याउनेः मन्त्री फँुयाल

वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फँुयालले राष्ट्रिय गौरवको आयोजना निर्माण एंव पर्वतीय हिम श्रृङ्खला दृश्यावलोकणका लागि आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने गुरुयोजना तयार गरी त्यसको कार्यान्वयमा प्रदेश सरकार लागेको बताएका छन् ।

थाहा नगरपालिका–४ सिमभञ्ज्याङमा आज आयोजित एक कार्यक्रममा उनले जनताको आधारभूत आवश्यकता पूरा गर्ने क्रममा प्रदेश सरकारले यसै चालू आर्थिक वर्षभित्र राजकूलोको निर्माण, कृषि उत्पादन र आर्थिक समृद्धिलाई गतिशील तुल्याउन बजेट विनियोजन गरिसकेको बताए ।

सो अवसरमा मन्त्री फँुयालले थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित ऐतिहासिक पर्वतीय ताल तथा वडा नं ३ गोपाली गाउँस्थित पुरानो ढुङ्गे धाराको अवलोकन गरी यसको तत्काल मर्मतसम्भार गर्न नगरपालिकाका प्रमुख लवशेर विष्टलाई निर्देशन पनि दिए ।

नगरप्रमुख विष्टले नगरापालिका क्षेत्रमा पर्ने दामन र सिमभञ्ज्याङमा पर्यटकीय पूर्वाधारको विकास गर्न तथा दुर्गम भेगका बस्तीमा खानेपानी, सडक, विद्युतीकरण र मौसमी तरकारी खेतीका लागि आवश्यक बजेट विनियोजन गर्न प्रदेश सरकारसँग आग्रह गरे ।

यसैगरी, मन्त्री फुँयालले थाहा नगरपालिका–३ कुन्छालदेखि चित्लाङसम्म जोड्ने साढे २२ किलोमिटर निर्माणाधीन सडकको पनि आज स्थलगत अवलोकन तथा निरीक्षण गरे ।

(रासस)

प्रतिक्रिया