

१९१३ संक्रमित थपिए, २३४९ डिस्चार्ज

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ भने कुल संक्रमितको संख्या २ लाख ४ हजार दुई सय ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २३४९ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ । यो संख्यासँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११८९ पुगेको छ ।

