

गण्डकीमा राष्ट्रिय जनमोर्चाले विश्वासको मत नदिने

पोखरा – राष्ट्रिय जनमोर्चाले वर्तमान गण्डकी सरकारलाई विश्वासको मत दिन नसक्ने बताएको छ ।
राजमो गण्डकी प्रदेश संसदीय दलको नेता पियारी थापाले वर्तमान सरकार र त्यसको नेतृत्वले नै गर्दा अहिले संविधान र संघीयता धरापमा पर्न लागेको बताउँदै विश्वासको मत दिन नसक्ने बताएकी हुन् ।
प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले दुई तिहाई बहुमतको वाम गठबन्धन ध्वस्त हुनुमा को जिम्मेवार हो भन्ने प्रश्नसमेत गरिन् ।
आफूहरुले सुरुमा वामपन्थी गठबन्धनलाई समर्थन गरेको तर सरकारकै काम कारवाहीका कारण समर्थन फिर्ता लिन बाध्य हुनुपरेको उनले बताईन् ।

