

बौद्धको नयाँबस्तीमा भेटियो बोरामा शव, ‘खुट्टाको पैतालको भाग मात्र देखिएको छ’

काठमाडौं – बौद्धस्थित नयाँबस्तीको प्लानिङ क्षेत्रमा बोरामा शव भेटिएको छ। पोको बनाएर शव भेटिएको खबर आएपछि महानगरीय प्रहरी वृत्तका डिएसपी नवीन कार्कीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ।
उक्त वडा काठमाडौं महानगरपालिका–६ पर्छ। कुनै व्यक्तिको हत्या गरेर शव फालेको हुनसक्ने महानगरीय प्रहरी वृत बौद्धका डिएसपी कार्कीले अनलाइनन्यूज७लाई बताए।
‘अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गर्ने तयारी भइरहेको छ।’ डिएसपी कार्कीले भने, ‘खुट्टाको पैतलाको भाग मात्र देखिएको छ। बोरामा प्याक गरिएको छ।’
यस्तै घटनास्थलमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोली पनि पुगेको छ। घटनाको थप विवरण आउन बाँकी।

