

घरजग्गा ब्यवसायी संघद्वारा अक्सिजन प्लान्टका लागि ३८ लाख सहयोग

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाको समन्वयमा हेटौडा अस्पतालमा जडान भएको अक्सिजन प्लान्टको रकम मकवानपुर घरजग्गा ब्यवसायी संघले ब्यहोरेको छ । उनीहरुले सो प्लान्टका लागि ३८ लाख रूपैँया सहयोग छन् । उक्त रकम प्लान्ट खरिद गरेर ल्याउने दिपक खनाललाई संघका अध्यक्ष ध्रुव घिमिरेले हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेको हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले समस्यामा भएको अवस्थामा आफुहरुलाई सहयोग गरेको भन्दै संघको प्रशंसा गरे । हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने विषयमा आफु निकै चिन्तित रहेको र तत्कालै निर्माण गर्न सफल भएको भन्दै मेयर महतले आलोचनाबीच काम गर्नुपर्ने धारणा ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै मकवानपुर घरजग्गा ब्यवसायी संघका अध्यक्ष घिमिरेले हेटौँडामा अक्सिजनको अभावमा मानिसहरुको ज्यान जान नपरोस् भन्ने उदेश्यले सहयोगको हात अगाडी बढाएको बताए । कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाई लगायतको सहभागिता रहेको थियो ।

