बेलायती पूर्वराजकुमार दम्पतीबाट अमेरिकामा जन्मिइन् ‘लिली’


अमेरिका — बेलायती पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कललाई पुत्रीलाभ भएको छ। मार्कलले शुक्रबार क्यालिफोर्नियाको सान्ता बारबरा कटेज अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्।

३.४ किलोग्राम तौल भएकी उनीहरूकी छोरीको नाम ‘लिली’ राखिएको छ। यो उनकी जिजु हजुरआमाको उपनाम हो। उनको पूरा नाम भने लिलिबेट डायना माउन्टब्याटन –विन्डसर हुनेछ। ह्यारीकी आमा डायनाको नाम उनको नामको बीचमा राखिएको छ।

आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको जनाइएको छ। मेघनले यसअघि पहिलो सन्तानका रूपमा छोरालाई जन्म दिएकी थिइन्। उनको नाम आर्ची राखिएको छ। उनीहरुले बेलायतको राजपद्वी त्यागेर सामान्य नागरिकका रुपमा अमेरिकामा बसोबास गर्दै आएका छन् ।

प्रतिक्रिया