यार्सागुम्बा संकलनका क्रममा एक विद्यार्थीको मृत्यु


दार्चुला – यार्सागुम्बा संकलनको क्रममा अपिहिमाल गाउँपालिकाको लोलु क्षेत्रमा भीरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ ।

जिल्लाको नौगाड गाउँपालिका ४ का १९ वर्षीय महेशसिंह धामीको मृत्यु भएको नौगाड गाउँपालिका-४ का अध्यक्ष नन्दनसिंह धामीले जानकारी दिए ।

यही जेठ पहिलो साता यार्सागुम्बा संकलनका लागि बुबा रघुबीरसिह धामीसँगै लोलु पुगेका थिए ।

प्रतिक्रिया