सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित


धनगढी – आइतबारका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।

आजदेखि प्रदेशसभामा प्रि–बजेट छलफल गर्ने कार्यसूची रहेको भए पनि प्रदेश सरकारले आवश्यक तयारी नपुगेको भनेपछि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको अर्को बैठक सोमबार बिहान ९ बजे बोलाइएको छ ।

प्रतिक्रिया