

डीआईजी सिंहलाई कोरोना संक्रमण

काठमाडौँ – नेपाल प्रहरीका डिआईजी धीरजप्रताप सिंहलाई कोरोना संक्रमण पुष्टी भएको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रमुख रहेका डीआईजी सिंहले स्वास्थ्यमा सामान्य समस्या देखिएपछि केही दिनअघि परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको जनाइएको छ ।
कोरोना पुष्टि भएलगत्तै स्वास्थ्यमा समस्या आएपछि सिंहलाई मंगलबार थप उपचारका लागि जनकपुरबाट काठमाडौँको प्रहरी अस्पताल ल्याइएको छ ।
सिंहको पारिवारिक स्रोतका अनुसार डीआईजी सिंहको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।

