

नेप्से परिसूचक हालसम्मकै उच्च : सेयर बजार २९.५५ अंकले बढ्दा १६ अर्बको कारोबार

काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक २९.५५ अंकले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक २९.५५ अंकले वृद्धि भएर १८५६.६७ विन्दुमा पुगेको हो ।
यस दिन प्रमुख कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ७.९६ अंकले बढेर ५१३.११ विन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार आज ११८ कम्पनीका ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता सेयर १ लाख ५५ हजार ६५५ पटक कारोबार हुँदा अधिकतम १६ अर्ब ९० करोड ७० हजार २० लाख २८६ रुपैयाँको कारोबार भएको छ । केही दिनअघि यो भन्दा बढि १७ अर्ब माथिको कारोबार भएको थियो ।
आज सेयर बजारमा व्यापार, हाइड्रोपावर, निर्जीवन बीमा र अन्य क्षेत्र बाहेका प्राय सबै समूहहरु धनात्मक (पोजिटिभ) रहेका छन् । आज सबैभन्दा बढि कमाउनेमा महिला लघुवित्त र मञ्जुश्री फाइनान्स लिमिटेड रहेका छन् भने, सबै भन्दा बढि गुमाउनेमा पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड रहेका छन् ।
महिला लघुवित्तका सेयर धनीहरुले अधिकतम १० प्रतिशतले कमाएका छन् भने, पन्चकन्याका सेयर धनीहरुले अधिकतम ५.९२ प्रतिशतले गुमाएका छन् ।

