साताको चौथो दिन सेयर बजारमा उत्साह, ५५ अंकले बढ्यो नेप्से


काठमाडौं – साताको चौथो दिन आज सेयर बजारमा उत्साह देखिएको छ ।

बुधबार नेप्से परिसूचक ५५.७६ अंकले बढेर २ हजार ८ सय २७.१२ अंकमा पुगेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.८३ अंकले बढेको छ ।

कारोबार रकममा पनि मंगलबारको तुलनामा सुधार देखिएको छ । बुधबार ११ अर्ब ३५ करोड रुपैयाँ नाघेको छ ।

प्रतिक्रिया