

बझाङमा ग्लोबल आइएमईको नयाँ शाखा

बझाङ – बझाङमा ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउन बझाङको जय पृथ्वी नगरपालिका–१०मा ग्लोबल बैंकले मगंलबार नयाँ शाखा विस्तार गरी सञ्चालन गरेको हो ।
नयाँ शाखा सञ्चालनमा ल्याएसँगै शाखा कार्यालयहरुको संख्या २६२ पुगेको बैंकले जनाएको छ । बैंकका अनुसार सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवा दिने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
हालसम्म ७२ वटा जिल्लामा २६२ शाखा सञ्जाल सहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३१ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालयमार्फत २१ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

