


गर्भवती अभिनेत्री प्रियंका कार्कीको सरकारसँग माग यस्तो रहेछ

काठमाडौं– गर्भवती अवस्थामा रहेकी अभिनेत्री प्रियंका कार्कीले विभिन्न तस्बिर सार्वजनिक गर्दा आलोचना धेरै खेपिरहेकी थिइन्। उनलाई कतिपयले मुलुकको अवस्थाका विषयमा जानकारी दिनुको साटो गर्भवती भएका विभिन्न तस्बिर राखेको भनी होच्याएका थिए।
यहि सन्दर्भमा उनले सरकारसँग चुनावको साटो कोरोना पीडितलाई हेर्न सुझाव दिँदै सामाजिक सञ्जालमार्फत माग राखेकी छन्।
उनले लेखेकी छन्,‘आँखा खोलेर एकÞ पटक नियाँलेर देशको स्थिति हेर्नुहोस्। आहिलेको समयमा देश र जनतालाईं चुनाव चाहिँदैन! यो आहिले प्राथमिकतामा पर्दैन। यति सामान्य कुरा पनि देखन र बुझ्न नसक्ने?’

