

वरिष्ठ गायक दीप श्रेष्ठ अस्पताल भर्ना

काठमाडौं – लाेकप्रिय गायक तथा संगीतकार दीप श्रेष्ठ अस्पताल भर्ना भएका छन् । कोरोना भाइरस संक्रमण देखिएपछि उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको छ ।
\यसबारे भ्वाईस अफ नेपाल सांगितिक फिनालेका निर्देशक शुशिल नेपालले सामाजिक सन्जाल मार्फत जानकारी गराएका छन। भ्वाईस अफ नेपाल कार्यक्रममा वरिष्ठ गायक श्रेष्ठले निर्णायकको भूमिका निभाईरहेका छन।
निर्देशक नेपालले सामाजिक सन्जालमा लेखेका छन–‘सधै हामीलाई आत्मबल दिने संगीतका जीवंत धरोहरलाई कोविडसंग जुध्न सामान्य नै हुनेछ भन्ने हामीलाई पुर्ण बिश्वास छ। उहाँको उपचारमा अहिले सम्म खटिराख्नु भएका चिकित्सकहरू तथा नर्सहरूलाई पनि धेरै धेरै धन्यवाद।’

