सुसाइड नोट लेखेर बेपत्ता डाक्टरलाई प्रहरीले भेटायो


काठमाडौं – सुसाइड नोट लेखेर भक्तपुरबाट बेपत्ता भएका डाक्टरलाई प्रहरीले फेला पारेको छ । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेखेर बेपत्ता भएका द डेन्टल सिटिका निर्देशक डा. दिगम्बर झा काभ्रेको भुम्लुमा भेटिएका हुन् ।

बा१६च ८६७९ नम्बरको वागेन– आर कारमा उनलाई स्थानीय प्रहरीले भेटेको जनाइएको छ । फेसबुकमा सुसाइड नोट राखेर उनी मंगलबार बिहान करिब ५ बजेबाट बेपत्ता भएका थिए ।

त्यसक्रममा प्रहरीले प्राविधिक अनुसन्धान गरेर उनको खोजी थालेको थियो । उनको मोबाइल पनौतीसँगै काभ्रे क्षेत्रमा सक्रिय देखिएपछि खोजीलाई त्यसतर्फ केन्द्रीत गरिएको थियो ।

प्रतिक्रिया