

ग्राहकहरुलाई संगम स्विटस्बाट छुट दिने सिटिजन्स बैंकको योजना

काठमाडौं – सिटिजन्स बैंकले ग्राहकहरुलाई संगम स्विटस्बाट छुट दिने योजना ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले नजिकिदंै गरेको तिहारलाई लक्षित गरि आफना ग्राहकहरुलाई संगम स्विटस्को किनमेलमा १० प्रतिशत छुट दिने योजना ल्याएको हो ।
काठमाडौं उपत्यका भित्रका संगम स्विटस्का कुनै पनि शाखाबाट मिठाईलगायतका सामाग्री खरिद गर्दा १०५ छुट पाउने बैंकले जनाएको छ ।
यस योजनाबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको बैंकको दाबी छ ।

