एसपी ज्ञवालीमाथी यौन–हिंसाको उजुरी


काठमाडौं – बेला–बेलामा प्रहरीका हाकिमहरु माथि यौन दुर्व्यवहारको आरोप लाग्दै आएका छन् । कति आरोप कथित प्रमाणीत भएका छन् भने कति पुष्टि भएका छन् ।

अनुसन्धानको क्रममा कति आरोप नियोजित रुपमा लगाईएको पाइएको छ भने कति वास्तविक भेटिएको छ । जसको कारण सिंगो प्रहरी संगठन बेला–बेलामा विवादित बन्न पुग्छ । प्रायः यस्ता आरोप संगठनका सिनियर सदस्यमाथि नै आईलाग्छ । केही आरोप संगठन भित्रै रहेका महिला सदस्यबाट आईलाग्छ भने केही बाहिरबाट । जब संगठन भित्रबाट यस्ता आरोप लाग्छ, संगठनको गरिमामाथि नै प्रश्न चिन्ह खडा हुन्छ ।

नेपाल प्रहरीमा कार्यालय सहायकदेखि प्रहरी जवान हुँदै एआईजीसम्म गरेर लगभग ६ हजार ५ सय महिला प्रहरी छन् । जसको कारण प्रहरी संगठनप्रति महिलाको आकर्षण बढेको छ । पछिल्लो समय प्रहरीमा जागिर खाने महिलाको आकर्षण ह्वात्तै बढेको छ । तर, बेला–बेलामा महिला प्रहरीमाथि संगठनभित्रकै जिम्मेवार व्यक्तिबाटै भएको यौन दुर्व्यवहारको घटनाले महिला प्रहरी र प्रहरीमा जागिर खाने सोच बनाएका सपना बुनेका ती तमाम महिलामाथि निराशा छाउँदै आएको छ ।

गत बर्ष तत्कालिन डीएसपी राजकुमार खिउजु, डिएसपी मेखबहादुर खत्री, एसएसपी राकेश सिंह, एसएसपी सौरभ राणामाथि लागेको यौन–हिंसाका घटनाले प्रहरी संगठनलाई नै लज्जित बनायो । तर उनिहरु माथी लागेको आरोप भने पुष्टि हुन भने सकेन ।

गत पाँच बर्षको तथ्यांक हेर्ने हो भने नेपाल प्रहरीमा २ सयको हाराहारीमा यौन–हिंसाका घटनासम्बन्धी उजुरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा परेका छन् । उजुरीले ग्राफ हेर्ने हो भने प्रहरीभित्र यौन–हिंसाका घटना हिजोेभन्दा आज बढिरहेको देखाउँछ । प्रहरी सर्वेक्षण भएको वर्ष (आ.व. २०७२/७३) मा महिला प्रहरीविरुद्ध यौन–हिंसा तथा दुर्व्यवहारका ५० घटना भएका थिए ।

आर्थिक बर्ष २०७३/७४ मा भने २६ वटा मात्र यस्ता घटना भएको तथ्यांकले देखाउँछ । ०७४/७५ भने ४५ यौन–हिंसाका घटना भएका देखिन्छन् भने ०७५/७६ मा ४८ घटना भए । चालु आर्थिक वर्षमा भने एक दर्जन जति यौन–हिंसाका घटनासम्बन्धी उजुरी दर्ता भएको निर्देशनालय स्रोत बताउँछ ।

गत बर्ष तत्कालिन डीएसपी राजकुमार खिउजु, डिएसपी मेखबहादुर खत्री, एसएसपी राकेश सिंह, एसएसपी सौरभ राणामाथि लागेको यौन–हिंसाका घटनाले प्रहरी संगठनलाई नै लज्जित बनायो । तर उनिहरु माथी लागेको आरोप भने पुष्टि हुन भने सकेन ।

डिएसीपी खिउजुमाथि ललितपुर, चापागाउँ वृत्तको कार्यालयमै सेवाग्राही युवतीलाई बलात्कार गरेको आरोप थियो । चारित्रिक प्रमाणपत्र बनाउन जाँदा खिउजुले ३० माघ २०७५ मा बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी थिईन् ।

प्रहरीकै विधि विज्ञान प्रयोगशालाका एसएसपी राकेश सिंहमाथि पनि यौन–हिंसाको आरोप लागेको थियो । तत्कालिन समयमा संघीय प्रहरी इकाइ कार्यालय, धरानमा कार्यरत अर्का एसएसपी सौरभ राणाविरुद्ध पनि एक महिलाले गृह मन्त्रालयमै लिखित उजुरी दर्ता गराई कारवाहीको माग गरेकी थिईन् । तर आरोप पुष्टि हुने प्रमाण महिलाले पुर्याउन नसकेपछि उनीविरुद्ध मुद्दा अदालतमा दर्ता हुन सकेन ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा परेका उजुरीको ग्राफ हेर्ने हो भने प्रहरीभित्र यौन–हिंसाका घटना बढिरहेको देखाउँछ ।

पछिल्लो समय फेरी डिएन ज्ञवालीको नामबाट प्रहरीमा चिनिएका एसपी दयानिधी ज्ञवालीविरुद्ध एक महिला प्रहरीले उजुरी दर्ता गराएकी छिन् । आफूमाथि यौन दुर्व्यवहार गरेको दाबी गर्दै ती महिलाले गण्डकी प्रदेश कार्यालय र प्रहरी प्रधान कार्यालयमा उजुरी दर्ता गरेकी हुन् ।

एसपी ज्ञवाली हाल दंगा नियन्त्रण गण बेलचौतरा तनहुँमा कार्यरत छन् । त्यही कार्यरत महिला प्रहरीले आफूमाथि यौन–हिंसा भएको भन्दै ज्ञवालीविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी गरेकी हुन् ।

दंगा नियन्त्रण गण केन्द्रिय प्रहरी मातहत भएको कारण एसपी ज्ञवालीको अनुसन्धान प्रधान कार्यालय आँफैले सुरु गरेको पनि सचिवालयका एक अधिकृतले बताए ।

प्रतिक्रिया