बालुवाटारमा एमाले स्थायी समिति बैठक : नेपाल पक्षका सांसदहरूलाई कारवाहीको तयारी


काठमाडौं – सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बसेको छ । बैठकले काँग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनःस्थापनाको पक्षमा हस्ताक्षर गर्ने माधव नेपाल पक्षका सांसदहरूलाई कारबाही गर्ने तयारी गरेको बुझिएको छ ।

जारी बैठकमा यसअघि शनिबारको बैठकले स्पष्टीकरण सोधिएका झलनाथ खनाल,माधव नेपाल र भीम रावलसहित ११ जनाले स्पष्टीकरण नबुझाएकाले थप कारवाही गर्ने बारे छलफल भइरहेको एक सदस्यले बताए । स्पष्टीकरणको म्याद आजै बिहान सकिएको छ । तर माधव नेपाल पक्षले स्पष्टिकरण दिएका छैनन ।

अर्को स्पष्टीकरण सोध्ने वा अनुशासन उल्लंघनको आरोपमा निष्कासनको कारवाही गर्ने भन्ने बैठकले टुंगो लगाउनेछ ।

प्रतिक्रिया