मास्क र ग्लोब्ससमेत नपाइने अवस्थामा बेहाल वीरको फार्मेसी !


काठमाडाैं – देशकै सबैभन्दा पुरानो र ठूलो मानिएको वीर अस्पतालको फार्मेसीमा औषधीको अभाव हुने गरेको छ । विश्वमा लाखौं मानिसको ज्यान लिइसकेको कोरोना भाइरसको महामारीको यस परिवेशबाट अछुतो रहन नसकेको नेपालमा पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या अत्याधिक बढी रहेको छ । यही क्रममा अस्पतालहरुमा बिरामीहरुको अत्याधिक चाप रहेको सर्वविदितै छ ।

कोरोना संक्रमित बिरामीहरुले अस्पतालमा बेड नपाइरहेको यस दुःखद परिवेशमा देशकै पुरानो र ठूलो अस्पतालमा बल्ल बल्ल उपचारका लागि भर्ना पाएका बिरामीहरुले औषधी नपाएको गुनासो गरेका छन् । २०७३ माघ ५  गते स्थापित वीर अस्पतालको आफ्नै फार्मेसी खरिद एकाई, भिसि र लेखा प्रमुखको कमिसन चक्करमा बिरामीलाई अत्यावश्यक औषधि नपाइने गरेको छ ।

त्यसका साथै स्वास्थ्य विमा, बिपन्न, क्यान्सर, इमरजेंसी, ओटी, आइसि,यु, र कोभिड बिरामीलाई आवश्यक औषधि नपाइने गरेको स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा सनेन्द्र राज उप्रेती स्वयंले पनि बताएका थिए ।

फार्मेसीमा आवश्यक औषधि खरिद एकाई प्रमुख भगवती थपलिया  र लेखा प्रमुखले टेन्डरमा परेको महंगो औषधि र आवश्यक औषधि कमिसनका कारण यस विषम परिस्थितिमा औषधी नमगाएको वीर अस्पताल फार्मेसी कै कर्मचारी बताउँछन् ।

सामान्य औषधीसमेत फार्मेसीमा नपाइएपछि कोभिड वार्डका बिरामीलाई उपचार गर्न गाह्रो भएको सोही वार्डमा कार्यरत कर्मचारीहरु बताउँछन् । हाल अत्यावश्यक दमको asthalin solutions, inhalation, rotacab,   फोराकोट, सिरिंज, ट्यावलेट डेक्सोना, एन एस सलाईन, लुपिनेश, जिक्ङ ट्यावलेट, माक्स, गल्वस, सेनिटाइजर, इन्डोमेथासिन,एम्लोडिपिन ५ एम जी, एट्रोभाष्टीन, एडिनालिन, सिपिऐपि माक्सलगायतका औषधी पनि नपाइएको जनाइएको छ ।

वीर अस्पतालको कोभिड वार्डमा भर्ना भएका एक बिरामीका आफन्तले वीरको फार्मेसीमा औषधि नपाइएकोमा गुनासो गर्दै भन्छन्, ‘यत्रो पुरानो र ठूलो अस्पतालमा यस्तो महामारीको बेलामा सामान्य औषधी पनि नपाइने के भएको होला ? देखाउनका लागि मात्र खोलिएको हो कि यो पसल ?’

वीर ओपिडीका एक कर्मचारी आफ्नो बिमाअन्तर्गतको औषधि माग्दा नपाएको बताउँदै गुनासो गर्न जाँदा उल्टै खरिद एकाई  र खरिदकै टिम  उनलाई औषधि छैन भन्दै के गर्ने मन लाग्छ गर,  हामी भिसिका मान्छै हौं, के गर्ने सक्छस गर भनेको बताए ।

वीर कर्मचारी युनियनले औषधीहरुको खरिद एकाईको गठनको माग राख्दै यथाशीघ्र औषधी पाउनुपर्ने बताएका छन् । खरिद प्रमुख भगवती थपलिया लगायतले बिग्रिएका सिटी स्याक्यान, मेमोग्राम, इन्डोसकोपि, फाइवर स्याक्यान, इबस, टीएमटी, सि(आर्म, १२ बटा भेन्टीलेटर, लगायत उपकरण मर्मत नगरेको जनाएका छन् । ८० रूपैयामा पाउने ओपिडी छाप १५० बटा छाप खरिदका कर्मचारीले डा शाहको नजिकको चौरीगँगा सप्लाई फर्मबाट ५२५  मा खरिद गरेको जनाइएको ।

वीरअस्पतालका विभिन्न मेसिन खरिद, औषधी सप्लाई, कर्मचारी भर्नालगायतमा विभिन्न अनियमितता हुँदै गरेको पाइएको छ । कोभिड खोप कार्यक्रममा अहेव युवराज र नवराजले अनियमितता गरेको उनिहरु अहिले खोप अनियमितताबाट  बच्न अस्पतालका अन्य ब्यक्तिको बारेमा पैसा खुवाएर मन्त्रालयमा भनसुन गरिरहेको पनि बुझिएकोछ । यि लगायत बिषयमा  छानविनसहित र अन्य बिषयमा छानविन गरि कारवाई गर्ने प्रधानमन्त्री कार्यलय, राज्य ब्यवस्था तथा सुशासन समिति, शिक्षा तथा स्वास्थ्य समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्तकता केन्द्र, सम्पति शुद्धिकरण बिभाग र स्वास्थ्य मन्त्रालयमा समेत उजुरी परेको छ ।

त्यस्तै वीरमा पछिल्लो समयमा कोभिड नर्स भर्नामा शाअ रमण र भिसि मिलेर पैसा उठाउँदै ३०० जना नर्सको सर्टलिस्टिंग गरेको  हुँदा छानविन गर्ने माग गर्दै हाल समयमै तलव भत्ता, कोभिड भत्ता, कर्मचारी बिमा, आबश्यक स्वास्थ्य सुरक्षा सामाग्री, कर्मचारी विरामी हुँदा उपचार र बेडको ब्यावस्था तत्काल उपलब्ध गराउन,अक्सिजन प्लान्ट जडान गर्ने, सर्जिकल भवन १०० शैय्या आइसियुसहित पुर्णरुपमा सञ्चालनको माग समेत गरिएको छ ।

 

प्रतिक्रिया