प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित


काठमाडौं- प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक असार १ गते आइतबार ११ बजे बस्ने जानकारी दिएका हुन्।

आज बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले भिजिट प्रकरणमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन्। त्यसक्रममा उनले भिजिट प्रकरणमा आफ्नो संलग्नता नरहेको बताए। यस्तै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेको थियो।

यस्तै बैठकमा सभामुख घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको सांसद पद निलम्बन भएको जानकारी गराएका थिए।

प्रतिक्रिया