यातायात व्यवस्था कार्यालय भरतपुरका सहायक कर्मचारी नगदसहित पक्राउ


काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय भरतपुर चितवनका कार्यालय सहायकलाई नगदसहित पक्राउ गरेको छ ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा अनियमितता गरेको आरोपमा यातायात व्यवस्था कार्यालय चितवनका कार्यालय सहायक ईन्द्रजित गुरुङसहित बिचौलिया पनि पक्राउ परेका छन् ।

गुरुङको कार्यकक्षबाट एक लाख ८५ हजार रुपैयाँ नगदसहित बिचौलिया सुरज पाठक र गुरुङसमेतलाई कार्यालय परिसरबाट पक्राउ गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

लाइसेन्स परीक्षामा असफललाई पास गराउन रकम लिने गरिएको र गैर कानूनीकार्य भएको उजुरीका आधारमा उनीहरु पक्राउ परेका आयोगले जनाएको छ ।

त्यसैगरी कार्यालय प्रमुख बिष्णु भट्टराई तथा अन्य कर्मचारी, विभिन्न ड्राइभिइ सेन्टरका सञ्चालकको विद्युतीय उपकरण र अन्य कागजातसमेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताउनुभयो ।

प्रतिक्रिया