माओवादी जिल्ला नेता पाण्डेमाथि दुई गोली प्रहार, एउटा निस्कियो अर्को फेला परेन


काठमाडौं– नेकपा माओवादी केन्द्रका कपिलबस्तु जिल्ला कमिटी सदस्य दीपक पाण्डेमाथि बुधबार राती एक समूहले गोली प्रहार गरेको छ।

तीन जनाको समूहले प्रहार गरेको गोली पाण्डेको पेट र कम्मरमा दुईवटा गोली लागेको छ।

कपिलवस्तु तौलिहवाका ३५ वर्षीय घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक (डिएसपी) धर्मराज पाण्डेले जानकारी दिए।

पाण्डेको शरीरबाट एउटा गोली निकालिएको र अर्को निकाल्न बाँकी रहेको छ भने अवस्था मध्यम रहेको छ। यो समाचार तयार पार्दासम्म चिकित्सकले अर्को गोली पाण्डेको शरिरमा भेट्न सकेका थिएनन्।

ठेक्कापट्टाको काम गर्ने पाण्डेमाथि निग्लिहवातर्फबाट मोटरसाइकलमा आएका तीनजनाको समूहले गोली चलाएका हुन्। पाण्डेले नदिजन्य ठेक्का पट्टा गर्दै आएका छन्।

स्रोतका अनुसार लेनदेनको विषयमा नै यो आक्रमण भएको हुनसक्छ।

प्रतिक्रिया