कोभिडबाट डिएसपी राजकुमार केसीको निधन


काठमाडौं– कोभिड–१९ संक्रमण पुष्टि भएपछि प्रहरी अस्पतालमा उपचाररत नायव उपरिक्षक (डिएसपी) राजकुमार केसीको विहीबार बिहान निधन भएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी केसी दुई साता अघि अस्पताल भर्ना भएका थिए।

कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका डिएसपी केसी संगठनभित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा स्थापित थिए।

प्रतिक्रिया