विभिन्न ठाँउमा गरी ३ जना मृत अवस्थामा फेला


हेटौंडा – मकवानपुरको बकैया गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ। वडा नम्बर ३ मा रहेको ज्ञान ज्योति प्राथमिक विद्यालय परिसरभित्र स्थानीय ३५ वर्षीय दीपक वाइबाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

सोमवार बिहान ५ बजे विद्यालय परिसरमा वाइबाको शव घोप्टो परिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइँदै गरेको रिमालले बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यसैगरी उदयपुरको कटारी नगरपालिका-२ गराँसस्थित कमला खोलाको किनारमा सिन्धुली दुधौली नगरपालिका-११ लबाहा बस्ने ७० वर्षीय चतुरमान बस्याल मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको महाराजगंजस्थित चुनदेवी जाने सडक छेउमा पनि खनाखत नभएका करिब ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया