प्रधानमन्त्रीको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा ४ रिट दर्ता


काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले लीएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा ४ वटा रिट दर्ता भएको छ ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसमेत, अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता सन्तोष भण्डारीसमेत र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् ।

प्रधानमन्त्री ओलीले वाचन गरेको शपथ राष्ट्रपतिले वाचन गरेको शपथ भन्दा फरक परेको भन्दै उक्त शपथ बदर गराउन माग गर्दै रिट दायर गरेका हुन् । रिटमा उक्त शपथ बदर गराएर फेरि शपथ गराउन र फेरि शपथ नगरी कामकाज गर्न नदिन आदेश माग गरिएको छ ।

प्रधानमन्त्री ओलीले गत बैशाख २७ गते विश्वासको मत गुमाएपछि बहुमतको आधारमा संविधानको धारा ७६(३) अनुसार नेकपा एमाले अध्यक्ष ओली पुन प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया