स्वरुपाको गीत ‘जसलाई मैले’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं – गायिका स्वरुपा रसाइलीको स्वर, राजकुमार सुनारको शब्द तथा वीवी अनुरागीको संगीत रहेको गीत ‘जसलाई मैले’को भिडियो सार्वजनिक भएको छ ।

बुहारी पनि छोरी जस्तै हुन्, उनीहरुलाई पनि छोरीको जस्तै व्यवहार गरौं भन्ने सन्देश दिने गीतको भिडियो समन अधिकारीले निर्देशन गरेका हुन् । प्रेम गरेको मानिसले नै साथ नदिएपछि एक महिलाले भोग्ने वेदना समेत भिडियोमा प्रस्तुत गरिएको छ ।

भिडियोमा गौरव पहारी, उत्साहा घिमिरे, विशाल पहारी, कमला रेग्मी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । भिडियोमा फराज अर्पणको छायांकन तथा सम्पादन रहेको छ ।

भिडियोः

 

प्रतिक्रिया